'विश्व समुदायलाई खोपको कुरा सुनाउँदा खुसी'

|

काठमाडौं : कोरोना महामारीको बिचमा भारत सरकारले दिएको खोप अमूल्य उपहार मात्र नभएर यो राजनीतिक उपहार समेत भएको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बताएका छन्। मन्त्रालयमा भएको खोप मैत्री संयुक्त पत्रकार सम्मेलनमा फ्रण्टलाइनरको रुपमा खटिएका कर्मचारीलाई पहिलो चरणमा खोप लगाइने उनले बताएका हुन्।

संयुक्त पत्रकार सम्मेलनमा भारत सरकारको तर्फबाट नेपालको लागि भारतीय राजदूत विनयमोहन क्वात्रा पनि सहभागी थिए। भारत सरकारले १० लाख खोप डोज सहयोग गर्ने भएको छ।

'भारत सरकारले खोप दिएर मित्रताको अनुपम उदाहरण पेश गरेको छ,' मन्त्री त्रिपाठीले भने,' प्रतिकुल समयमा छिमेकी राष्ट्रले स्वास्थ्य सामग्री सहयोग गर्दै आएको छ।'  भारतले १० लाख खोप डोज अनुदान स्वरुप प्रदान गरेको खोप  प्राप्त गर्दा महामारी विरुद्ध सँगसँगै लड्नको लागि फाइदा गर्ने उनले बताए।

भारतलाई नेपाल सरकार र नेपाली जनताको तर्फबाट धन्यवाद दिन चाहेको उनले बताएका छन्। उनले भने,'खोपको भण्डार गर्न आवश्यक पूर्वाधार निर्माण भइसकेको छ। खोप आयात गर्न कानुनी, आर्थिक र प्राविधिक प्रक्रिया पुरा भइसकेको छ।'

खोप लगाउनका लागि नेपालमा कुनै जटिलता नभएको उनको दाबी छ। मन्त्री त्रिपाठीले भने,'फागुन सम्म खोप आउँछ भनेको थिए। पहिलो चरणको खोप आयो। कोभिड महामारीमा खटिएका योद्धालाई खोप दिन्छौ। खोप खरिद गरेर ल्याउँछौ र यो पूर्ण रुपमा पारदर्शी हुन्छ।' खोपले नयाँ विश्वास जगाउने र पिसिआर गर्ने झन्झटबाट मुक्त हुने उनले विश्वास व्यक्त गरे।

'सहकार्यले दुवै राष्ट्र र जनतालाई फाइदा'

संयुक्त पत्रकार सम्मेलनमा भारतीय राजदूत क्वात्राले महामारीसँग दुवै राष्ट्रले सँगसँगै युद्ध गरिरहेको बताएका छन्। उनले भने,'सहकार्यले दुवै राष्ट्र र जनतालाई फाइदा हुन्छ। आर्थिक तथा अन्य क्षेत्रमा फाइदा हुन्छ।'

सुरु देखि नेपाललाई स्वास्थ्य सामग्री सहयोग गर्दै आएको उनले स्मरण गराएका थिए। भारतले रेमडिसिभर,पिसिआर किट अन्य सामग्री दिएको थियो। कोरोनाले विश्व समुदायलाई प्रभाव पारेको उनले बताए।

खोप निर्माण भएको छ, यसले विश्व समुदायलाई फाइदा पुर्‍याएको उनको दाबी छ। 'विश्व समुदायलाई खोप पाएको कुरा सुनाउन पाउँदा धेरै खुसी छौ,' राजदूत क्वात्राले भने।

गत हप्ता परराष्ट्र मन्त्री भारत भ्रमण गएको समयमा खोपको विषयमा छलफल भएको उनले जानकारी दिए। कोभिडको महामारीले अस्तव्यस्त भएको समयमा खोप प्राप्त गर्न सफल भएको उनले बताए। भारतले तीन कुरामा प्राथमिकता रहेर खोप सहयोग गरेको उनले जानकारी दिए। उनले भने'  जनता, दौत्य र छिमेकी सम्बन्ध सबैभन्दा महत्त्वपूर्ण रहेको छ। सुरु देखि  नेपाल र भारत महामारीसँग लडेको छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.