|

काठमाडौं : कमलपोखरी पुनर्निर्माण विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएकाे छ।

पुरातत्व विभागले कमलपोखरीको मौलिक स्वरूप नबिगार्नु भनेर पत्र पठाउँदा पनि काठमाडौं महानगरपालिकाले अटेर गरी रातारात डोजर चलाएर पोखरीको ऐतिहासिक सम्पदा मास्न लागेको भन्दै आज मुद्धा दायर गरेकाे सम्पदा अभियन्ता तथा रिट निवेदक सञ्जय अधिकारीले थाहाखबरलाई जानकारी दिए।

पुरातत्व विभागले पत्रमार्फत ऐतिहासिक सम्पदा नमास्नेगरी पुरानै स्वरुपमा पुनर्निर्माण गर्न निर्देशन दिएपनि अटेर गरी डोजर चलाएकाले मुद्धा हाल्न बाध्य भएको उनको भनाई छ।  महानगरपालिकाले कंक्रिटको प्रयोग गरी पोखरी पुनर्निर्माण गरेपछि अहिले यसकाे चर्को विरोध भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.