|

काठमाडौं : काठमाडौं विश्‍वविद्यालयको उपकुलपतिमा प्राध्यापक डा. भोला थापा नियुक्त भएका छन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीले थापालाई उपकुलपतिमा बुधबार नियुक्त गरेको विश्वविद्यालयका प्रवक्ता हेमराज काफ्लेले जानकारी दिए। थापा सोही विश्वविद्यालयको मेकानिकल इन्जिनियरिङको प्राध्यापक हुन्। 

विश्वविद्यालयका प्रवक्ता काफ्लेका अनुसार उनले भारतको चण्डिगडबाट मेकानिकल इन्जिनियरिङमा स्नातक, भारतबाटै मेकानिकल इञ्जिनियरिङमा स्नातकोत्तर र  नर्वेबाट हाइड्रो(टर्वाइनमा बिद्यावारिधी गरेका हुन्। उनले लामो समयदेखि काठमाडौ विश्वविद्यालयमै प्राध्यापन गर्दै डीन र रजिस्ट्रारको जिम्मेवारी पनि सम्हालिसकेका छन्। 

उपकुलपति नियुक्तिमा विश्वविद्यालयका प्राध्यापक र कर्मचारीले दुईपटकभन्दा बढी एकैजनालाई जिम्मेवारी दिन नहुने माग राख्दै आएका थिए। यसअघि उपकुलपति रहेका डा. रामकृष्ण माकजु पनि पुनः नियुक्तिका लागि दौडमा थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.