|

इलाम : कोरोना महामारी पछि सुरु भएको राष्ट्रिय महिला लिगको उद्घाटन खेलमा विभागीय टोली नेपाल पुलिस र त्रिभुवन आर्मीले गोलरहित बराबरी खेलका छन्।

दशरथ रंगशाला भएको खेलमा दुवै टोली पाएका केही राम्रा अवसरलाई सदुपयोग गर्न नसक्दा अंक बाँडेका हुन्। उपाधिको दाबेदार मानिएको आर्मीले अधिकांश समय बलमा पकड जमाए पनि गोल गर्न सकेन।

१२ औ मिनेटमा वान भर्सेस वानको अवस्थामा आर्मीकी सपना लामा गोल गर्नबाट चुकिन्। ३१ औ मिनेटमा आर्मीकी गोलरक्षक अञ्जना राना मगर बिट भइसकेको अवस्था पुलिसकी निरु थापाले प्रहार गर्न सकिनन्।

सुरुवातमा पुलिसले आर्मीमाथि केहि दबाब दिएको थियो। तर पहिलो हाफको अन्तिमतिर आर्मीले पकड बनाएको थियो। जसका कारण आर्मीले एउटा उत्कृष्ट मौकाको सिर्जना गरेको थियो। तर त्यो प्रयासलाई पुलिसको डिफेन्सले विफल बनाए।

बराबरीसँगै दुवै टोलीले लिगमा अंकको खाता खोलेका छन्। प्लेयर अफ दि म्याच पुलिसकी डिफेन्डर पूजा राना घोषित भइन्। बिहीबार एन्फा कम्प्लेक्समा एपिएफ र चन्द्रपुर नगरपालिका तथा विराटनगर महानगरपालिका र वालिङ नगरपालिका खेल्नेछन्।

पुलिसबाट रेखा, सपना र पूजाको डेब्यु

नेपाल पुलिस क्लबले पहिलो खेलमा ३ जना खेलाडीलाई डेब्यु गराएको छ। आर्मी विरुद्धको खेलमा पुलिसबाट रेखा पौडेल, पूजा राना र सपना राईले डेब्यु गरेका हुन्।

पूजा र सपनाले सुरुवाती–११ मा रहँदै पहिलो पटक पुलिसबाट खेलका हुन् भने रेखा दोश्रो हाफमा मैदान प्रवेश गरेकी थिइन्।  रेखा यसअघि शसस्त्र प्रहरी बलको एपिएफबाट खेल्दै आएकी थिइन्।

पूजा आर्मी र सपना रौतहटबाट पुलिस आएकी हुन। रेखा र पूजाले नेपालीको सिनियर टिमबाट खेलिसकेका छन्। सपना नेपालको अन्डर–१९ टिमकी गोलरक्षक हुन्। 


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.