|

काठमाडौं : दिल्ली क्यापिटल्सले आइपिएल अक्सनअघि ६ खेलाडीलाई फुकुवा (रिलिज) गरेको छ।

उसले नेपाली लेगस्पिनर सन्दीप लामिछानेसहित ओपनिङ ब्याट्सम्यान जेसन रोय, तीव्र गतिका बलर मोहित शर्मा, किमो पउल, एलेक्स क्यारी र तुषार देशपाण्डेलाई रिलिज गरेको हो। 

युएईमा सम्पन्न १३ औं संस्करणको आइपिएलसँगै सन्दीपको दिल्लीसँगको तीन वर्षे सम्झौता सकिएको थियो।

सन् २०१८ मा अक्सनबाट न्यूनतम मूल्य २० लाख भारुमा सन्दीपलाई दिल्ली खरिद गरेको थियो। त्यसपछि दिल्लीले थप दुई वर्षका लागि सन्दीपलाई रिटेन गरेको थियो।

सन्दीपले डेब्यु सिजन दिल्लीका लागि ३ खेलमा ५ विकेट लिएका थिए। यस्तै सन्दीपले दोस्रो वर्ष ६ खेल खेल्दै ९ विकेट लिन सफल भएका थिए। गत सिजनमा सन्दीपले एक म्याच पनि खेल्न पाएनन्। दिल्ली फाइनल पुग्दासम्म उनी बेन्चमै सीमित भएका थिए।

त्यस्तै, रोयले गत सिजनमा नाम फिर्ता लिएका थिए। दिल्लीसँग पृथ्वी शा, अजिंक्य रहाणे, शिखर धवन, मार्कस स्टोइनिस ओपनिङ ब्याट्सम्यानका रूपमा रहेकाले रोयलाई दिल्लीले रिलिज गरेको हुन सक्छ।

गत सिजनमा खराब प्रदर्शन गरेकाले मोहित यो वर्ष रिलिज गरिएको हो। उनी गत सिजनमै दिल्लीमा जोडिएका थिए। दिल्ली अलराउन्डर डानियल साम्सलाई भने रोयल च्यालेन्जर्स बैंग्लोर ९आरसीबी०लाई बेचेको छ।

आइपिएल इतिहासमै पहिलो पटक फाइनल पुगेको दिल्ली उपाधि भिडन्तमा मुम्बई इन्डियन्ससँग ५ विकेटले पराजित भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.