|

काठमाडाैं : इण्डियन प्रिमियर लिग आइपिएलको फ्रेन्चाइज टिम रोयल च्यालेन्जर्स बैंग्लोरले १० खेलाडी रिलिज गरको छ।

बैंग्लोरले अक्सनअघि क्रिस मोरिस, मोइन अली, शिवम् दुबे, पवन नेगी, आरोन फिन्च, इशरु उडाना, उमेश यादव, गुरकितमान सिंह, डेल स्टेन र पार्थिव पटेललाई रिलिज गरेको हो।

यी खेलाडीमध्ये पार्थिवलाई यही वर्ष संन्यास लिएका कारण रिलिज गरिएको हो। स्टेनले भने आसन्न सिजनका लागि यसअघि नै उपलब्ध नहुने बताइसकेका थिए।

आइपिएलको हरेक सत्र जस्तै अघिल्लो सिजन पनि रोयल च्यालेन्जर्स बैंग्लोर ट्राफी जित्न असफल भयो। विराट कोहलीको नेतृत्वमा रहेको टोलीले २०२० आइपिएलको राम्रो सुरुवात गरेको थियो। तर टुर्नामेन्ट अगाडि बढ्दै जाँदा बैंग्लोरको लय बिग्रिँदै गयो र टिम फाइनलसम्म पनि पुग्न सकेन।

उसका लागि धेरै खेलाडीहरूको प्रदर्शन औसत थियो। आइपिएलले टिमलाई खेलाडी रिलिज र रिटेनको मिति २० जनवरीसम्मको दिएको थियो। आइपिएलले अक्सन फेब्रुअरी ११ मा गर्ने तयारी गरेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.