|

काठमाडौं :  राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई बधाई दिएकी छन्। भण्डारीले बधाई सन्देश दिँदै बाइडेनको कार्यकालमा नेपाल अमेरिका सम्बन्ध झन गहिरो र विस्तार हुने विश्वास व्यक्त गरेकी छन्।

राष्ट्रपति भण्डारीले नेपालको सामाजिक आर्थिक विकासका लागि अमेरिकी सहयोगको सह्राना पनि गरेकी छन्। उनले कोरोना महामारीमा  बाइडेनको कार्यकाल सफल रहोस् भन्ने कामनासमेत गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले अमेरिकी समकक्षी कमला ह्यारिसलाई बधाई सन्देश पठाउँदै नयाँ अमेरिकी प्रशासनको लैंगिक समानता, सामाजिक न्याय र जलवायु परिवर्तन जस्ता सामयिक मुद्दाको सह्राना गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि अमेरिकी राष्ट्रपति जो बाइडनलाई बधाई सन्देश पठाएका छन् । बाइडनको नेतृत्वमा अमेरिकाले प्रगति र समृद्धि हासिल गर्ने कार्यलाई जारी राख्ने ओलीले विश्वास व्यक्त गरेका छन्। उनले बधाई सन्देशमा अमेरिका–नेपालको द्विपक्षीय सम्बन्ध आगामी वर्षमा नयाँ उचाइमा पुग्ने उल्लेखसमेत गरेका छन्। त्यस्तै राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले पनि उपराष्ट्रपति ह्यारीसलाई बधाइ दिएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.