|

काठमाडौं : नेपालमा कोरोना भाइरसको पहिलो संक्रमण देखिएको एक वर्ष पुग्नु एक दिनअघि नेपालमा यसको खोप आइपुगेको छ। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार मध्याह्न १२ बजे एयर इन्डियाको विमानमार्फत १० लाख खोप नेपाल अवतरण गराइएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले उक्त खोप हस्तान्तरण गरेका छन्।

हाल भारतबाट आएको कोभिसिल्ड खोपलाई  विमानस्थलबाट टेकुस्थित केन्द्रीय खोप भण्डारण केन्द्रमा लगेर राखिएको छ। भारत अनुदानमा दिएको यो १० लाख डोज खोप त्रिभुवन विमानस्थलबाट रेफ्रिजेरेटर भ्यानमा राखेर नगर प्रहरीले स्कर्टिङ गरी टेकुसम्म लगेको थियो।

त्यसपछि स्वास्थ्य सेवा विभागबाट प्रत्येक प्रदेशको भण्डारण केन्द्रमा खोप पठाइनेछ। तोकिएका खोप केन्द्रबाट पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापन गर्ने टोलीलगायतलाई खोप दिइने मन्त्रालयले जनाएको छ। टेकुस्थित राष्ट्रिय खोप भण्डारण केन्द्रमा लगिएको हो।

प्रदेश २ का स्वास्थ्यकर्मी र उपत्यकाका कोभिड अस्पतालमा स्वास्थ्यकर्मी पहिलो प्राथमिकतामा

आज मात्रै नेपाल ल्याइएको खोप पहिलो चरणमा प्रदेश २ का फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी र उपत्यकाका चार वटा कोभिड अस्पतालका स्वास्थ्यकर्मीलाई दिइने मन्त्रालयले बताएको छ।

मन्त्रालयका अनुसार उपत्यकामा टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल बलम्बुस्थित सशस्त्र अस्पताल, त्रिवि शिक्षण अस्पताल र पाटन अस्पतालका स्वास्थ्यकर्मी मुख्य प्राथामिकतामा छन्। 

राष्ट्रिय खोप सल्लाहकार समितिले पहिलो खोप लगाएको व्यक्तिलाई चार सातापछि दोस्रो डोज खोप दिने व्यवस्था मिलाउन सरकारलाई सिफारिस गरेको छ।बुधबार बसेको समितिको बैठकअनुसार १८ वर्ष माथिकालाई खोप लगाइने छ।  

दुई तीन दिनमा खोप प्रदेशका लागि डिसप्याच गर्ने र एक साताभित्रै लगाउन सुरु गर्नेसमेत बताइएको छ। यसअघि मन्त्रालयले खोप आएको एक हप्तामा लगाइसक्ने बताइएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.