|

कञ्चनपुर : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले तस्करलाई प्रधानमन्त्री ओलीले सुदूरपश्चिमको हराभरा वन फँडानी गर्न वनमन्त्री बनाएको बताएका छन।

बिहीबार पार्टीको कञ्चनपुर जिल्लाको विस्तारित बैठक तथा अगुवा कार्यकर्ता भेटघाटमा उनले वनमन्त्री नै तस्कर भए वनको हालत के हुने भन्ने चिन्ता वन संरक्षणकर्मीलाई भएको बताए।

वनमन्त्री प्रेम आलेप्रति कटाक्ष गर्दै उनले वन तस्करीको मिसिल आदालतमा जीवितै रहेकाले पूर्वइतिहास खोज्ने डरले उनी कुप्रचारमा लागेका बताए। ‘वन मन्त्री आउदा तस्कर आयो भन्दै निकै चर्चा हुने गरेको छ,' उनले प्रधानमन्त्रीलाई सोधे, 'यस्ता तस्करलाई वनमन्त्री बनाएर प्रधानमन्त्री ओलीले के गर्न खोजेका हुन्?’

सुदूरपश्चिमलाई चार चार वटा मन्त्री बनाउनु पार्टी फुटको अस्त्र प्रयोग गर्न भएको उनले बताए। प्रधानमन्त्री ओलीको दम्भ र अहङ्काबाट संसद भंग गरिएको उनले बताए।

प्रधानमन्त्री ओलीमा शक्ति र पदको उन्माद चढ्दा कोरोना कहरका बेला खोपका लागि ५० अर्ब चाहिने समयमा भएको संसद भंग गरेर ताजा जनादेशमा जान्छु, भनेर प्रधानमन्त्रीले झुटको खेती गरिरहेको उनको भनाइ थियो।

कोरोना कहरका बेला सुदूरपश्चिमेली जनतालाई कोरोना सार्ने सुदूरका उत्ताउला भनेर दिएको अभिव्यक्तिबाट प्रधानमन्त्री ओलीको सुदूरपश्चिमप्रति हेपाहा प्रवृत्ति रहेको उनले दुख व्यक्त गरे। 

त्यस्तै  केन्द्रीय सदस्य खगराज भट्टले प्रधानमन्त्री ओली पूर्वराजा ज्ञानेन्द्र शाहकै पथमा हिँड्न खोजिरहेको बताएका छन्। प्रधानमन्त्री ओलीलाई लक्षित गरेर उनले सिंहदरबारको निरङ्कुशता परास्त गर्न सिंगो पार्टी पंक्ति एकजुट हुनुपर्नेमा जोड दिए। कहिले प्रचण्डलाई भगवान् मान्नेहरु अहिले तुलसी गिरी प्रवृत्तिको धारणा अघि सार्दै उनले  त्यस्ता प्रवृत्तिबाट जोगिन नेता कार्यकर्तालाई आग्रह गरे। 

प्रचण्ड नेपालपक्षीय जनमत देखेर केही व्यक्तिका निद्रा हैरान हुने र केही मदिराका भट्टीतिर केही मूर्च्छित भएर अस्पतालतिर जाने उनको भनाइ थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.