|

पर्वत : गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप एक युवतीको मृत्यु भएको छ। गण्डकी प्रदेशको राजधानी पोखरामा २५ वर्षीया युवतीको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक एवं गण्डकी कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा‍. विनोदविन्दु शर्माले जानकारी दिए। 

शर्माले जारी गरेको विज्ञप्तिमा ती युवतीको मृत्यु बुधवार राति पौने १० बजेको समयमा उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको जानकारी दिइएको छ।

कास्कीको पोखरा महानगरपालिका–१ घर भएकी ती युवतीमा माघ पाँच गते कोरोना संक्रमणको पुष्टि भएको थियो। उनमा निमोनिया, उच्च रक्तचाप र मिर्गौलाको समेत समस्या रहेको थियो। योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई सय तीन पुगेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.