|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको कर्तुत सर्वोच्च अदालतमा पुगेर खुलेको बताएका छन्। संसद् विघटनविरुद्ध नेकपा प्रचण्ड–माधव समूहले गरेको जनप्रदर्शनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

'संविधानको धारा धाराको चर्चा गर्दै संविधानको उल्लंघन गरेको ओलीको कर्तुत सर्वोच्च मा गएर पोल खुल्यो' उनले भने, 'कम्युनिस्टले धोका त दिने होइन भन्दै आफूहरु विचारको लडाइँ गर्ने गरेका छन्। केपी ओलीले पार्टीका सिद्धान्त र पार्टीलाई कागजमा सीमित बनाए।' 

प्रधानमन्त्रीले भ्रष्टाचारको दिशामा लागको आरोप लगाए। 'यो टुँडिखेलको सबै एरिया भरिएका छन् यसबाट के थाहा हुन्छ भने केपी ओलीविरुद्ध संघर्षको मैदानमा विरोध जनाउन भेला भयो' उनले भने, 'के भनेको खड्ग हो। संविधान पार्टी र लोकतन्त्रमाथि ओलीले खड्ग प्रहार गरे। त्यसैले यसका विरुद्ध नलडी अरू कुनै उपाय छैन।' 

हाम्रो पार्टीको यो उपस्थितिले जनआन्दोलनको झल्को दिएको भन्दै यो त कास्टिङ भएको र अझै फिलिम हुन बाँकी रहेको उनले टिप्पणी गरे। कम्युनिस्ट पार्टीको सदस्यबाट निष्कासन गरौं भन्दा स्पष्टीकरण सोधे पनि ओलीले जवाफ नदिएका उनले बताए। 

'कतै माफी मागेका छन् किन संसद विघटन गल्ती हो भनेका छन् कि समयमै सचिन्छु भनेका छन् कि भनेर बुझिरहेको छु। तर, हामी केपी ओलीले माफी मागे माफ गरिदिने र केही समय जेलमा राखेर भए पनि माफी दिन्छौँ' उनले भने। 

केपी ओली हिटलरका संस्करण

‘पहिले पहिले राष्ट्रपतिले कू गरे भन्ने सुन्थ्यौं हामी तर अहिले त निर्वाचित व्यक्ति पनि कू गर्ने हुँदा रैछन्,’ नेता नेपालले भने, केपी ओली त्यै हिटलरका संस्करण हुन्।’ जनता अब डराएर केपी ओलीप्रति नतमस्तक नहुने भन्दै नेपाली स्वाभिमानी भएका उनले बताए।

संविधानले विधिको आधारमा देश चल्ने भनेको भए पनि ओलीले भने ‘कू’ गरिहरेका उनले बताए। केपी ओली विधानभन्दा माथि ठान्ने र नियम कानुन नमान्ने ओली जहिले पनि दु:ख दिने नेता भएको टिप्पणी गरे। आफूहरुले धेरै पटक मिलेर जाने भने पनि पार्टीको सिस्टम भत्काउनेपर्फ मात्रै ओली लागिपरेका उनले बताए। तर केपी ओली अध्यक्ष भएसम्म यो मुलुक केपीका गफ र उखान टुक्काले मात्र चलेको आरोप लगाए।

‘हामीले सम्भव भएका मात्र कुरा गर्नुस भन्यौं, कोरोनापीडितका लागि केही गरौं भन्यौं, महिला बलात्कार र किसानको कुरा गरौं तर यस्तो यस्तो मान्छेबाट हामी हैरान भयौं,’ तर केपी ओली कुनै पनि कुरामा छलफल गर्न तयार भएनन्, उहाँ ओछ्यान र कुर्सीमा बस्नुभयो बैठकमा आउन चाहनुभएन।’ ‘बैठक बस्या छ बालुवाटारमा। ओलीजी आउलान् आउलान् भन्यो तर केपी आउँदैनन् तर आदेश आउँछ केपी ओली आउँदैनन्।’

केपी ओली प्रचार गरेजस्तो कुर्सीको तानातान नभएको भन्दै त्यो नभएको जिकिर गरे। केपी ओलीको पक्षमा १०० जना मात्र भएका भन्दै ३ सय बढी कि १ सय बढी भन्दै उनले प्रश्नसमेत गरे। घरमा झगडा भयो घरमै आगो लगाइदिने प्रवृत्ति भएकाले उनलाई साइबर सेना र अरिंगाल मन पर्ने मान्छे भएका आरोप लगाए।

आफूहरुले केपी ओलीलाई ठीक ठाउँमा ल्याउन नसकेको पनि उनले बताए। पार्टी एकता भएपछि नयाँ बाटोमा गए पनि केपी ओली नसुध्रिएका नेपालले आरोप लगाए। प्रचण्डलाई समेत हुर्मत लिएको उनले आरोप लगाए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.