|

एजेन्सी : श्रीलंकाले कोभिड–१९को असरका कारण बन्द गरेको आफ्नो देशको अन्तर्राष्ट्रिय उडान खुला गरेको जनाएको छ ।

श्रीलंकाको पर्यटन मन्त्रालयले बिहीबारदेखि श्रीलंका आउने सबै अन्तर्राष्ट्रिय जहाजहरुलाई पनि खुला गरिएको जनाएको छ। यस अघि श्रीलंकामा कोभिडको कारण स्थलमार्गका साथै अन्तर्राष्ट्रिय उडानहरु बन्द गरिएको थियो ।

श्रीलंकाको पर्यटन मन्त्रालयले दिएको जानकारीअनुसार हिजो मात्र ओमनबाट ५० जना श्रीलंकाली नागरिक बोकेर ओमन एयरको विमान बन्दरानायके अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो। उक्त विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै श्रीलंकाली पर्यटनमन्त्री प्रसन्ना रणतुंगाले बिहीबारदेखि विदेशी उडान खुला गरेको जानकारी दिए। उनले श्रीलंकाको पर्यटन व्यवसाय निकै नै प्रभावित परेको अवस्थामा वर्तमान सरकारले यसरी विदेशी उडानहरु सुरु गरेर राम्रो काम गरेको भन्दै श्रीलंकाली प्रधानमन्त्री र राष्ट्रपतिलाई पनि विशेष धन्यवाद दिए।

उनले होटल तथा पर्यटकहरुलाई सेवा दिने अरु सबै निकायहरुले आवश्यक मात्रामा स्वास्थ्यको सुरक्षाका मापदण्डहरु अपनाउने जानकारी दिए। उनले विमानस्थलको आगमन कक्षमा नै विदेशी पर्यटकको पीसीआर परीक्षण गरिने बताए। उनका अनुसार विमानस्थलमा हरेक दिन कम्तीमा २ हजार ५०० विदेशी पर्यटकको पीसीआर परीक्षण गर्ने क्षमता रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.