|

काठमाडौं : जग्गाको नाप जाँचसम्बन्धी काममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको अभियोगमा जिल्ला अदालत रुपन्देहीका दुई कर्मचारी पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार जिल्ला अदालतमा परेको जग्गासम्बन्धी मुद्दाको नापजाँच कार्यमा सहजीकरण गरिदिने भन्दै नापी निरीक्षकद्वय सुमित चौलागाईँ र मनोज थापा सेवाग्राहीसँग पाँच हजार रुपैयाँ घुस माग्दा माग्दै शुक्रबार पक्राउ परेका हुन्। 

आयोगले उनीहरुलाई रुपन्देहीको कोटहीमाई गाँउपालिका–१ बोगडियाबाट पक्राउ गरेको हो। आरोपीद्वयको अनुसन्धान जारी रहेको आयोगले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.