तर निर्वाचनमा जान कार्यकर्तालाई आग्रह

|

काठमाडाैं : सर्वोच्च अदालतको अदालतको फैसला संविधान र शासकीय प्रणालीबमोजिम आउने नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले बताएका छन्।  

संसद् विघटनविरुद्ध परेको रिटमा सर्वोच्चको निर्णयले संविधानको परिधि र शाशकीय व्यवस्थालाइ प्रस्ट पार्ने आफूले विश्वास लिएको ढकालले बताए। 

नेपाल परिवार दल सुदूरपश्चिम प्रदेशले काठमाडाैंमा आयोजना गरेको भेटघाटमा ढकालले प्रतिनिधि सभाको विघटनको विषयमा राजनीतिक दल तथा नागरिकबीच तीव्र ध्रुवीकरण भएको भन्दै त्यसप्रति चिन्ता पनि व्यक्त गरे।  अदालतमा विचाराधीन मुद्दालाई सडकबाट प्रभावित बनाउन नहुने भन्दै सबै दल तथा आम नागरिकलाई संयमता अपनाउन पनि उनले आग्रह गरे।

सञ्चारमाध्यमले नकारात्मक समाचारलाई मात्र 'हेडलाइन' बनाउन नहुने भन्दै सकारात्मक चिन्तनले मात्रै समस्याको सही परिणाम हासिल हुने ढकालले जिकिर गरे। पुराना राजनीतिक दलले जनतालाई पटक पटक धोका दिएकाले अब वैकल्पिक शक्ति निर्माण गर्नुपर्नेमा पनि उनले जोड दिए। 

अध्यक्ष ढकालले परिवार दलले अंगीकार गरेको अग्रपन्थी लोकतन्त्र सबै नेपालीलाई जोड्ने सेतु भएको दाबी गरे। निर्वाचनका लागि तयार रहन आफ्ना  कार्यकर्तालाई आग्रहसमेत गरे।

दलका महामन्त्री विनोद डाँगीले नेपाली जनताका हरेक दु:खमा निस्वार्थ साथ दिने तथा बोल्ने भन्दा काममा केन्द्रित हुने पार्टीको नाम परिवार दल हो भन्दै दलले गरेका कामहरुको जानकारी दिए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.