|

काठमाडौंः प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत एपीएफले कर्णाली प्रदेशलाई रनको २ सय १९ लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको एपीएफले ४९.५ ओभरमा अलआउट हुँदै २ सय १८ रन बनायो। उसका लागि सन्दीप जोराले शानदार ब्याटिङ गरे।

उनले ७६ बलमा पाँच चौका र २ छक्कासहित सर्वाधिक ६० रन बनाए। जारी प्रतियोगितामा जोराको यो पहिलो अर्धशतक हो ।

यस्तै, अमर रौटेलाले ३१, सुवास खकुरेलले २३, शंकर राना र भुवन कार्कीले १५-१५, वसन्त रेग्मीले १४, सुमित महर्जनले १० रन बनाउँदा किशोर महतो १३ रनमा अविजित रहे। बलिङमा कप्तान रविन्द्र शाही र अनुज चुनाराले सर्वाधिक ३-३ विकेट लिए। दिवान पुन र राज शाहले २-२ विकेट हात पारे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.