|

गुल्मी : नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रचण्डले आफ्नो निवासलाई गुटको हेड क्वार्टर बनाएको आरोप लगाएका छन्। 

नेपाल कम्युनिष्ट पार्टी रेसुङ्गा नगरकमिटी (केपी समूह) ले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले प्रचण्डले आफनो निवासमा गुटको हेडक्वाटर बनाएको र कार्यकारी अध्यक्ष पदको गलत रुपमा प्रयोग गरेको आरोप लगाएका छन्।

प्रचण्डले सरकारलाई चौतर्फी रुपमा घेराबन्दीमा पारेको र पदको बार्गेनिङ गर्ने गरेकाले संसद विघटन गर्नुबाहेक विकल्प नरहेको उनको दाबी छ। प्रचण्डले पार्टी निर्माण गर्ने कार्यमा नलागी शक्ति आर्जनको जोडघटाउमा लागेको समेत ज्ञवालीको आरोप छ।

गत कार्तिक २८ गते प्रधानमन्त्री केपी ओलीलाई लक्षित गरी आरोप पत्र दर्ता गरेकै कारण पार्टीमा यो अवस्था आएको र नेपाल कम्युनिष्ट पार्टीको संकट नै प्रचण्ड भएको ज्ञवालीको दाबी छ।

सरकारले राम्रो काम गर्ने अवसर नपाएका कारण प्रतिनिधि सभाको विघटन गरेको भन्दै नयाँ जनादेशमा जानुको विकल्प नरहेको उनले बताए। पार्टी भित्रैबाट काम गर्ने वातावरण नभएको र चारै तर्फबाट घेराबन्दी गरिएकाले संसद विघटन गर्नुबाहेक विकल्प नरहेको यो नै संवैधानिक रहेको उनले दाबी गरे।  
 
 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.