|

काठमाडौं : नेपालमा कोरोना भाइरसको पहिलो सङ्क्रमण पुष्टि भएको एक वर्ष पूरा भएको छ। चीनको वुहानमा अध्ययन गरेर फर्किएका ३२ वर्षीय पुरुषमा गत वर्षको माघ १० (जनवरी २४) मा पुष्टि भएको थियो।

एक वर्षको अवधिमा नेपालमा दुई लाख ६९ हजार एक सय ८० जनामा सङ्क्रमण पुष्टि भएको छ।  एक हजार नौ सय ९४ जनाको कोरोना सङ्क्रमणबाट ज्यान गइसकेको छ। सङ्क्रमण पुष्टि भएका मध्ये दुई लाख ६३ हजार सात सय ३४ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

अहिले नेपालमा तीन हजार चार सय ५२ जना सक्रिय संक्रमित छन् भने उनीहरु मध्ये एक सय ४७ जनाको आईसीयू र २६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

सङ्क्रमण नियन्त्रणका लागि सरकारले गएको चैत ११ गतेदेखि साउन छ गतेसम्म एक सय २० दिन देशव्यापी लकडाउन र त्यसपछि विभिन्न ठाउँमा निषेधाज्ञा लगाएको थियो। 

एक वर्षको अवधिमा सात हजार सात सय पाँच जना स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल जनाएको छ। त्यस्तै ११ जना स्वास्थ्यकर्मीले ज्यान गुमाएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.