|

काठमाडौं : प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा आज पनि दुई खेल हुँदैछ।  मुलपानी क्रिकेट मैदानमा अहिले समूह ‘बी’का लुम्बिनी प्रदेश र बागमती प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ।

बागमती शीर्ष र लुम्बिनी समूह ‘बी’ को दोस्रो स्थानमा  छ। बागमती लुम्बिनीलाई हराउँदै समूह विजेताको रुपमा सेमिफाइनलमा पुग्न चाहान्छ। आजको खेलमा बागमती पराजित भएपनि नेटरनरेटको आधारमा सेमिफाइनलमा पुग्ने बलियो सम्भावना छ। 

लुम्बिनीलाई भने सेमिफाइनलमा पुग्न बागमतीमाथि फराकिलो जित निकाल्नुपर्ने हुन्छ। लुम्बिनीले जितेको खण्डमा भने सोमबार पुलिस र प्रदेश २ को खेल पर्खनु पर्ने हुन्छ। उक्त खेलमा पुलिस पराजित भएमा लुम्बिनी स्वतः सेमिफाइनलमा पुग्ने छ। पुलिस विजयी भएमा नेटरनरेटमा निर्भर रहने छ। 

यस्तै टियु मैदानमा जारी खेलमा सुदूरपश्चिम र प्रदेश–२ बीच प्रतिस्पर्धा भइरहेको छ। टस जितेर सुदूरपश्चिमले पहिले फिल्डिङ रोजेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.