|

लमजुङ : मध्यनेपाल नगरपालिकाका बाढी पहिरो पीडितलाई अमेरिकामा बसोबास गर्दै आएका नेपालीहरुले सहयोग गरेका छन्। गत बर्खामा आएको बाढी र पहिरोबाट बिस्थापित मध्यनेपाल नगरपालिकाको लामासोती पुरानोडिही क्षेत्रका नागरिकलाई सहयोग उपलब्ध गराइएको हो।

मध्यनेपाल घर भई अमेरिका बस्दै आएका प्रमोद घिमिरेको संयोजकत्वमा गठित करापुटार अमेरिका समूहले २४ लाख २९ हजार १५९ रुपैयाँ संकलन गरेको थियो। उक्त रकम नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा लमजुङसँग समन्वय गरी शाखाको बैंक खातामा जम्मा गरिएको थियो। रेडक्रस जिल्ला शाखाले पनि बाढी पहिरो पीडितहरुका लागि मध्यनेपालका स्थानीय समाजसेवी खगराज घिमिरे, रमेशचन्द्र घिमिरे र चित्रा थापाको नाममा संयुक्त खाता खोली रकम हस्तान्तरण गरेको हो।

संकलित रकममध्ये समूहले रेडक्रस लमजुङ शाखालाई २० हजार रुपैयाँ सहयोग गरेको छ भने बाँकी २४ लाख नौ हजार १५९ रुपैयाँ बाढी पहिरो पीडितहरुको सहयोगका लागी प्राइम बैँकमा खोलिएको संयुक्त खातावालालाई हस्तान्तरण गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.