काठमाडौं : नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा.डा जागेश्वर गौतमका अनुसार हाल सम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई हजार १ जना पुगेको छ।
गौतमका अनुसार पछिल्लो २४ घण्टामा मुलुकभर थप दुई सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
हालसम्म २० लाख ४३ हजार दई सय ५५ जनाको पिसिआर परीक्षण गरिएको छ। मन्त्रालयका अनुसार कुल संक्रमित २ लाख ६९ हजार चार सय ५० जना छन्। जसमध्ये सक्रिय संक्रमित तीन हजार ३ सय १२ छन्। बितेको २४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। आइतबार चार सय ३ संक्रमणमुक्त भएका छन्।
हालसम्म २ लाख ६४ हजार एक सय ३७ जना संक्रमणमुक्त भएका छन्। हाल क्वारेन्टाइनमा रहनेको संख्या एक सय ४५ छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।