|

सल्यान : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश सह इन्चार्ज प्रकाश ज्वालाले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बहुमत नपचेको बताएका छन्।

नेपाली जनताले  स्थायी सरकार सञ्चालनका नेकपालाई झन्डै दुई तिहाइको सरकार दिए पनि प्रधानमन्त्री ओलीले बहुमत प्राप्त गर्न संसद् विघटन गरेको भन्नु लोकतन्त्रको उपहास मात्र भएको उनले बताए। 

हुँदा खादाको बहुमत विघटन गरेर फेरि बहुमत ल्याउँछु भन्नु उनको दिवासपना मात्र भएको ज्वालाले तर्क गरे। 

आइतबार सल्यानको मार्केमा आयोजित एक कार्यक्रममा संसद विघटन गरे प्रधानमन्त्री ओलीले नागरिकप्रति कुठराघात गरेको नेता ज्वालाले बताए। 

जनताले नचाहेको, संविधानले नचाहेको र नेकपाले पनि नचाहेको कदम ओलीबाट भएको र यो कदम नेपाली जनताको भावनाविपरीत भएको उनले बताए। ‘जनताको भावनामाथि ओलीले खेलबाड गरेका छन्। संविधान कुल्चिने अधिकार कसैलाई छैन,' उनले त्यहाँ भने। जनताले अब चाँडै प्रधानमन्त्रीलाई कुर्सीबाट झार्ने पनि उनले चेतावनी दिए। 

पाँच वर्ष कार्यकाल रहेको प्रतिनिधि सभा सहयोग नगरेको बहानामा तीन वर्षमै विघटन गर्नु तानाशाहको प्रतिरूप भएको ज्वालाको भनाइ थियो। 

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (विप्लव) समूहनिकट शिक्षक संंगठनका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष लुट बहादुर केसीलगायत दर्जनौं नेकपा प्रवेश गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.