व्रतालुलाई पिसिआर अनिवार्य

|

काठमाडौं : शालीनदीको स्वस्थानी मेलामा यस वर्ष ५० जना भन्दा बढीले व्रत बस्न नपाइने भएको छ। कोभिड-१९ का कारण सीमित संख्या तोकिएको माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिका अध्यक्ष मिजेन्द्रकाजी श्रेष्ठले जानकारी दिए।

उनका अनुसार मेलामा जति पनि भक्तजन सहभागी हुन पाउँछन्। तर, व्रत भने पहिले जसरी जति पनि बस्न पाउने छैनन्। ‘पहिला शालीनदीमा जति पनि भक्तजनहरू व्रत बसेका थिए,’अध्यक्ष श्रेष्ठले भने,‘यसवर्ष भने कोरोना संक्रमणलाई ध्यान दिएर ५० जनामात्रै व्रत बस्न पाइने निर्णय भएको छ।’

उनका अनुसार उनीहरूको पिसिआर रिपोर्ट आएपछि मात्रै व्रतका लागि योग्य मानिने छ। शालीनदी मेला यही माघ १५ गतेदेखि एक महिना लाग्नेछ। शंखरापुर नगरपालिकाले पनि कोरोनाका कारण मेलामा पसल सञ्चालनमा गर्नमा रोक लगाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.