|

दैलेख : जिल्लाको गुराँस गाउँपालिका–४ रतिखोलामा रहेको लक्ष्मी माध्यमिक विद्यालयको दुईकोठे भवन निर्माण कार्य पूरा नहुँदै भत्किन थालेको छ। 

पूर्वाधार विकास कार्यक्रमअन्तगर्गत २० लाख, गाउँपालिकाको १४ लाख गरी ३४ लाखको लागतमा भवन निर्माण सुरु गरिएको थियो। 

भवन निर्माणको जिम्मा पाएको विद्यालय व्यवस्थापन समितिले पूर्वाधार विकास कार्यक्रमअन्तर्गत १४ लाख र गाउँपालिकाको १४ लाख गरी २८ लाख भुक्तानी लगिसकेको छ। तर भवन निर्माणको काम ५० प्रतिशत मात्र भएको छ।  

विद्यालय व्यवस्थापन समितिले २८ लाख भुत्तानी लगिसकेको छ। तर निर्माणाधीन भवनको दुवै कोठाका केही भाग प्लास्टर गरिएको देखिएको छ। अहिले प्लास्टरसँगै पिल्लरसमेत भत्किन लागेका छन्। 

विद्यालयका प्रधानाध्यापक नयराम शाहीले काम भएअनुसार पूर्वाधार कार्यक्रमको १४ लाख र गाउँपालिकाको १४ लाख भुक्तानी लिइएको बताए। कोरोनाका कारण लकडाउनपछि काम रोकिएकाले बजेट फ्रिज हुँदा समस्या उनले बताए।  

उक्त विद्यालय भवन निर्माणको काम २०७६ माघबाट सुरु गरी ०७७ असारसम्म पूरा गरिनुपर्ने भए पनि तोकिएको समयभन्दा ७ महिना बढी भइसक्दासमेत भवन निर्माणको काम अधुरै छ। 

यता गुराँस गाउँपालिकाका योजना तथा अनुगमन अधिकृत मदन प्रकाश मल्लले प्राविधिक मूल्याङ्कन र वडाको सिफारिसका आधारमा भुक्तानी दिइएको र समयमा निर्माणको काम नसकाएकाले केही बजेट फ्रिज गएको बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.