|

काठमाडौं : उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रचण्ड समूहले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाएको आरोप फिर्ता लिए नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संकट टर्ने बताएका छन्।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत कात्तिक २८ गते नेकपा अध्यक्षसमेत रहेका ओलीलाई लगाएको आरोप तथा अभियोगपत्र फिर्ता लिएर घोषित निर्वाचनमा सहभागी हुन तयार भए नेकपाको संकट टार्न सकिने बताएका हुन्।

नेकपा ओली समूहको बागमती प्रदेश संगठन कमिटीको आयोजनामा माघ २३ गते काठमाडौंमा हुने जनसभाको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पोखरेलले निर्वाचन आयोगले आइतबार गरेको निर्णय सकारात्मक भएको बताए। नेकपा कानुनी रुपमा फुट्न नमिल्ने आयोगको निर्णयले ओली नेतृत्वको नेकपालाई बल पुग्ने उनको भनाइ छ। पोखरेलले आफूहरुले पार्टीबाट कसैलाई निस्कासन नगरेको भन्दै कसैले चाहेर पनि पार्टी फुटाउन नसक्ने बताए।

यस्तै, पोखरेलले माघ २३ गतेको जनसभा संविधानको रक्षा र राजनीतिक स्थायित्वको पक्षमा जनसभा आयोजना गर्न लागिएको बताएका छन्। जनसभा राजनीतिक स्थायित्वको पक्षमा तथा अस्थिरता सिर्जना गर्ने प्रयत्नको विरुद्धमा आयोजना गरिएको बताए। संविधानको रक्षा, आर्थिक समृद्धि र विकासका लागि मार्ग प्रशस्त भइरहोस् भन्नका निम्ति जनसभा आयोजना गरिएको पनि पोखरेलको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.