|
फाइल फोटो

 काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएकै समयमा निर्वाचन हुने दाबी गरेको छन्। दाङमा भएको आफू निकटका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। 

देश निर्वाचनको बाटोमा गइसकेको छ। ओलीले निर्वाचन गराउँदैनन् भन्नेको कुराको पछि नलाग्नुहोस्। चुनावको तयारीमा लाग्नुहोस् उनले भने, निर्वाचन हुँदैन भनेर बाटो अलमलिएका मान्छेको पछि नलाग्नुहोस्।’

उनले अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई लक्षित गर्दै बाटो बिराएको मान्छेको संज्ञा दिए। ‘बुझ पचाउने नेताहरूलाई जनताले आफैँ बाटो लगाइदिन्छन्। चुनावलाई स्वतन्त्ररूपमा गर्नका लागि युवा लाग्नुहोस्, कुनै प्रकारका प्रचारका अभियान कसैले कसैको बिथोल्न नसकोस्’ उनले भने। 

उनले प्रशासन प्रहरी प्रशासनलाई चुनाव तोकिएकै समयमा भएकाले आफ्ना तयारीमा लाग्नसमेत आग्रह गरेका छन्। ‘प्रहरी प्रशासनहरूले पनि आफ्नो तयारी गर्नुहोस्,  चुनाव तोकिएकै समयमा हुन्छ। आफ्नो तयारीमा थाल्नुहोस्’ उनले भने, हामीले प्रहरी प्रशासनको दुरुपयोग गर्दैनौँ।’ 

देश विकासको लहरमा लागिसकेको उनले बताए। देश विकासको बाटोमा लागिसकेको छ। समृद्ध नेपाल निर्माणको अभियानमा छौँ’ उनले भने, ‘हामी विकसित बाटोमा लागिसकेका छौँ। अब हाम्रो बालबालिका किताबमा होइन ल्यापटपमा पढ्छन्। देश विकासको बाटोमा गइसक्यो।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.