ज्येष्ठ अधिवक्ताको अपमान हुनेगरी केही नभनेको तर्क

|

काठमाडाैं : ​प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको भलो नचाहने केही स्वार्थीरूले पार्टी छाडेर जाँदैमा केही फरक नपर्ने बताएका छन्।  

उनले भने, 'केही मान्छे निस्केका छन्, पिलो निचोर्दैमा ओजन घटेको हुन्न।' 

जनताको भलो नचाहने आफ्नो स्वार्थमा लाग्नेहरूलाई कुलंगार बताउँदै उनले पार्टी छाडेकाहरू पार्टीको बैठकमा नआएर निर्वाचनमा आएका पनि बताए। उनले भने, 'निर्वाचन आयोगमा गएर हामी छँदैछाैं हामीलाई आधिकारिकता दे भनेछन्।'

दाङको देउखुरीमा पुल उद्घाटन गर्न गएका प्रधानमन्त्री ओलीले आयोजित कार्यकर्ता भेलामा भने, 'म जालझेल गरेर आएको होइन। म दुई पटक हारेपछि प्रधानमन्त्री भएको होइन। अध्यक्ष हारेपछि महिला अध्यक्ष चाहियो भन्ने पनि होइन।'

आफ्नो उद्देश्य भनेको देश  र जनताको पक्षमा काम गर्ने भएकाले फेरि अस्थिरता मच्चाउन खोज्ने, पार्टी फुटाएर अरुसँग सहकार्य गरेर सरकार निर्माण गरेर स्थायित्व गर्ने, काम गर्न खोज्दा खुट्टा ताने, काम नै गर्न नदिएपछि जनताले दण्डित गर्ने बताए।

प्रचण्ड–माधव पक्षलाई कटाक्ष गर्नै उनले भने,  'अब यस्ता तत्व झुक्किएर पनि आउन पाउँदैनन्। त्यो जनताको हातमा छ। आत्तिएर निर्वाचन किन नगर्न भनेछन्। कसैले यहाँ अस्थिरता चाहेको छैन।'​

अर्का समूहका अध्यक्ष पुष्पकमल दाहालले घोषणा गरेको शाकाहारी आन्दोलन के हो? भनी उनले प्रश्नसमेत गरे। 'बाघजस्तो झम्ट भनेर कसलाई भनेको? हिंसा खोजेको छैन रे, कसलाई भनेको ? उनले प्रश्न गरे। 

भिडियो :

प्रचण्ड–माधव समूहलाई गिज्याउँदै ओलीले भने, 'यिनीहरूको फाँफाफुफुले केही हुँदैन। यिनीहरु सिंङ फुस्किएका गोरुजस्तै हुन्। संवैधानिक रुपमा नै संसद विघटन गरेका छौँ। नयाँ जनादेशका लागि हामीले यो निर्णय गरेका हौँ।' 

मुद्दाको लस्कर हेर्दा राजनीतिभन्दा झगडा गर्न खोजेजस्तो मात्रै देखिएको भन्दै स्वतन्त्र अदालतलाई विश्वास गर्न आग्रह उनले आग्रह पनि गरे। ज्येष्ठ अधिवक्तालाई आफूले नराम्रो केही नभनेको भन्दै आफूलाई मानहानिको मुद्दा हालेकोप्रति उनले कटाक्षसमेत गरे। 

उनले भने, 'हो राजनीतिक गर्छु, तर स्वतन्त्र। म मेरा मात्रै होइन देश र जनताको पक्षमा काम गर्छु। सबैलाई अगाडि बढाउन चाहन्छु। त्यसैले उहाँहरुको ताल र मेरो ताल मिलेन।' 

उनले प्रचण्डप्रति अझ कडा शब्दमा भने, 'हामी राष्टिय गान बजाउँछाैं। तर, उहाँ ढ्यांग्रो ठोक्नुहुन्छ। हामीले पार्टी फुटाएका छैनौैँ। उहाँहरुलाई हटाएका छैनौँ। जसले उहाँहरुलाई राजनीति गर्न सिकायो, उसैलाई अध्यक्षबाट हटाइयो रे। संसदलाई जनताको साँचो प्रतिनिधिहरुको थलो बनाउनुपर्छ। रंगीबिरंगी झाँकी देखाएको होइन।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.