|

काठमाडौं  :  संसद्‍ विघटनको विरोध गर्दै बालुवाटार क्षेत्रमा मार्चपास गर्दै हिँडेका नागरिक अगुवामाथि प्रहरीले बल प्रयोग गर्नुका साथै पानीको फोहोरा हानेको छ।

प्रधानमन्त्रीको कदमविरुद्ध बालुवाटारतर्फ जाने क्रममा उनीहरूलाई प्रहरीले टंगालको भाटभटेनीनजिकै लाठीचार्ज र पानीको फोहरा हानेको हो। यसक्रममा १३ जना घाइते भएको बताइएको छ।

मार्चपासमा लेखक तथा विश्लेषक नारायण वाग्ले, चिकित्सा शिक्षा सुधारका अभियन्ता गोविन्द केसी, लेखक युग पाठक, सञ्जीव उप्रेतीलगायत सयौँ व्यक्ति सहभागी थिए। शान्तिपूर्ण आन्दोलनमा प्रहरीले लाठी तथा पानीको फोहरा हानेप्रति अभियन्ताले सरकारको आलोचना गरेका छन्।

कार्यक्रममा लेखक नारायण वाग्लेले सरकारले शान्तिपूर्ण आन्दोलन गर्नेहरूमाथि बल प्रयोग गरेर निरंकुश व्‍यवहार प्रमाणित गरेको बताएका छन्।  

केही तस्वीर झलक :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.