|

काठमाडौं : आइतबार नेकपा विभाजन नभएको निर्णय गरेको निर्वाचन आयोगले सोमबार दुवै पक्षलाई पत्र काटेको छ। आयोगले दुवै पक्षलाई आधिकारिकता नदिएपछि पुन: मिल्न, पार्टी फुटाउनु परे फुटाउन वा नयाँ दल दर्ता गरेर मात्रै निर्वाचनमा जान पाउने जनाएको छ। 

प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अलगअलग भए पनि विधानत: यो पार्टीको आधिकारिकता र चुनाव चिह्नलगायत अन्य गतिविधिउपर आयोगले अमान्य ठहर गरिसकेको छ। 

दुई कित्तामा बाँडिएका दुवै समूहले तल्लो तहसम्म आफ्नो संगठन विस्तार गरिसके पनि निर्वाचन आयोगले पार्टी विभाजन हुन नसक्ने भन्दै पत्र काटेको हो। 

आयोगले दुवै समूहलाई नचिन्ने भन्दै अब पार्टी फुटेको भनेर आयोगमा निवेदन दिनुपर्ने वा नयाँ पार्टी दर्ता गरेर मात्रै निर्वाचनमा जान भनेको छ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.