|

संखुवासभा : पाँचखपन नगरपालिका–३ मा वानामा ट्रयाक्टर दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ट्रयाक्टरका सहचालक पाँचखपन–६ का २२ वर्षीय गोविन्द कोइराला रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सन्तोष बुढाथोकीले जानकारी दिए।

दुर्घटनामा गम्भीर घाइते भएका कोइरालाको उपचारको क्रममा वाना प्राथमिक स्वास्थ्य चौकीमा मृत्यु भएको प्रहरी निरीक्षक बुढकाथोकीले बताए। सोमबार राति वानाबाट बाह्रबीसेतर्फ जाँदै गरेको को २ त ५०१० नम्बरको ट्रयाक्टर अनियन्त्रित भइ सडकभन्दा ६० मिटर तल खसेको थियो। 

ट्रयाक्टर चालक जितबहादुर राईलाई नियन्त्रणमा लिई ईलाका प्रहरी चौकी पाँचखपनमा राखिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.