|

काठमाडौं : नेपाल विद्यार्थी संघको एउटा समूहले आफ्नै पार्टीका नेताहरूलाई घेराउ गरेका छन्। नेविसंघका पूर्वकेन्द्रीय सदस्य नवराज त्रिपाठीको नेतृत्वमा  ५० जनाले नेताहरूलाई घेराउन गरेका हुन्। केन्द्रीय समिति बैठकका लागि नेताहरू पार्टी कार्यलय सानेपा पुगेका थिए। 

संविधान मिचेको भनेर कांग्रेसले प्रधानमन्त्री केपी ओलीलाई औँलो ठड्याउँदै गर्दा आफ्नो भ्रातृ संगठन अस्तव्यस्त बनेको पत्तै नपाएको भन्दै घेराउनै गर्नुपरेको नेता मनिष सिम्खडाले बताए।

विधि विधानको धज्जी उडाएर ५३ वर्षीय राजीव ढुंगानालाई नेविसंघको अध्यक्ष बनाएर केही पनि प्रगति नभएको सिम्खडाको भनाइ छ।

ढुंगाना आउनुअघि २२ वटा जिल्ला अधिवेशन भए पनि त्यसपछि थप एउटा जिल्लामा पनि अधिवेशन हुन नसकेको र क्याम्पस इकाइहरूको अवस्था पनि लथालिङ्ग भएको सिम्खडाले बताए। गानाले विधानको धज्जी उडाएको पनि आरोप लगाए।

पार्टी सभापति शेरबहादुर देउवाले ५३ वर्षीय राजीव ढुंगानालाई संघको अध्यक्ष बनाएपछि संगठन अस्तव्यस्त भएको यो समूहको आरोप छ। विद्यार्थीहरू पार्टी कार्यालय सानेपाको मूलढोकामै धर्ना दिएका थिए।

उनीहरूले यसअघि पनि नेविसंघमा विधि विधान लागु हुनुपर्ने र महाधिवेशन गर्नुपर्ने बताउँदै रिले अनशन र धर्ना दिँदै आएका छन्। धर्नामा सहभागीहरूले राजीवले कांग्रेसका नेताको घर मात्रै ढुक्ने काम गरेको आरोप लगाएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.