|

सुर्खेत : अहिले प्रायः स्थान र ठाउँमा राजनीतिले सामाजिक संघसंस्थामा पनि जरा गाड्न थालेको छ। विद्यालय व्यवस्थापन समिति देखी उपभोक्ता समिति तथा सामुदायीक वनका उपभोक्ता समितिमा पनि नांगो रुपमा राजनीतिक हस्तक्षेप हुन थालेको छ।  

राजनीतिक हस्तक्षेपका कारण राम्रो काम त हुँदैन, नराम्रो काम भए पनि संरक्षणका कारण उनीहरुलाई कारबाही हुन पनि नसकिरहेको अवस्था छ।  

मंगलबार कर्णाली प्रदेशको राजधानीसमेत रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा सामुदायिक वन उपभोक्ता समितिको निर्वाचनमा पनि राजनीतिक खिचातानी हाबी भएको छ। 

रामजानकी सामुदायिक वन उपभोक्ता समितिको नयाँ नेतृत्वका लागि नेकपा प्रचण्ड–नेपाल पक्षविरुद्ध ओली पक्षले नेपाली कांग्रेस, राप्रपा र नेपाल मजदुर किसान पार्टीसँग गठबन्धन गरेर चुनावमा उत्रिएको छ। 

नयाँ नेतृत्वका लागि जनता समाजवादी नेपालले पनि उम्मेदवारी दिएको छ।

नयाँ नेतृत्वका लागि प्रचण्ड–नेपाल पक्षबाट अध्यक्षमा नम्रता कार्की, उपाध्यक्षमा यज्ञप्रसाद गौतम, सचिवमा लिलाराम गौतम, कोषाध्यक्षमा दिपेन्द्रकुमार घर्ती र सह–सचिवमा डिल्लीप्रसाद आचार्यले उम्मेदवारी दिएका छन्।

मन्दीर चुनाव चिह्न लिएर चुनावमा उत्रिएको प्रचण्ड–नेपाल पक्षले अन्य आठ जना सदस्यलाई पनि चुनावमा उतारेको छ। 

ओली, कांग्रेस र राप्रपा प्यानलले भने अध्यक्षमा जगतबहादुर भण्डारी, उपाध्यक्षमा राजेन्द्रबहादुर शाही, मञ्जु कुँवर योगी लामा, कोषाध्यक्षमा रामबहादुर गुरुङ र सह–सचिवमा रनबहादुर रानालाई चुनावमा उतारेको छ। 

नेपालको झण्डा चुनाव चिह्न भएको यो पक्षको सदस्यमा पनि आठ जनाले उम्मेदवारी दिएका छन्। जनता समाजवादी नेपालले अध्यक्ष र सचिव पदका लागि मात्रै उम्मेदवारी दिएको छ। रामजानकीमा एक हजार पाँच सय ७५ जना मतदाता छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.