काठमाडौं:पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध अदालतको अपहेलनासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा दायर भएको छ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा ढुंगानाले बोलेका कुरालाई लिएर अधिवक्ता राजाराम घिमिरेले मंगलबार अपहेलनासम्बन्धी मुद्दा दर्ता गराएका सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले थाहा खबरलाई बताए।
ढुंगानाले केही दिनअघि सर्वोच्च अदालतले शतप्रतिशत प्रतिनिधिसभा पुनर्स्थापना गर्नुपर्ने भन्दै 'सडकबाट न्यायाधीश तान्ने दिन नआओस्' भनी अभिव्यक्ति दिएका थिए। मंगलबार नै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पनि अदालतको अपहेलनासम्बन्धी मुद्दा दायर भएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।