|

काठमाडौं : प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।

 राजधानीमा जारी प्रतियोगितामा सेमीफाइनल समीकरण पूरा भएको छ। आज पहिलो सेमीफाइनलमा सशस्त्र प्रहरीको एपीएफ र नेपाल प्रहरी भिड्दै छन्।  मंगलबार नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठकले प्रतियोगिताको विजेतालाई १० लाख दिने निर्णय गरेको हो। उपविजेताले पाँच लाख पाउनेछ। सेमिफाइनलमा पुग्ने टिमले जनही ५० हजार रुपैयाँ पाउने छन्।​

प्लेयर अफ दी सिरिजले ५० हजार प्राप्त गर्ने छन्। उत्कृष्ट ब्याट्सम्यान र बलरले समान २५-२५ हजार पाउने छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.