|

रुकुम पूर्व : रुकुम पूर्वमा १० ४ भाइल अर्थात एक हजार ४० डोजको कोरोनाविरुद्धको खोपले आइपुगेको छ। उक्त खोप ४६७ जनालाई दिइने भएको स्वास्थ्य कार्यालय रुकुमपूर्वले जनाएको छ।

प्राथमिक स्वास्थ्य केन्द्र कोलमा डाक्टर नभएकाले रुकुमपूर्व अस्पताल रुकुमकोटमा मात्र  खोप केन्द्र बनाइ खोप दिइने स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले जानकारी दिए। खोप अभियानका लागि बिहीबार सरोकारवाला निकायसँग बैठक बसेर खोप लगाउने मिति तोकिने ढकालले बताए।

खोप जिल्लामा सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, सामुदायिक स्वास्थ्य स्वयंसेविका, सफाइकर्मी, एम्बुलेन्स चालक तथा सहचालक लगायत अग्रपन्थीमा खटिने सुरक्षाकर्मीलाई खोप दिइने स्वास्थ्य कार्यालयका खोप फोकल पर्सन मनोज श्रेष्ठले जानकारी दिए।  

खोप लगाइसकेपछि कसैलाई सुई लगाएको ठाउँमा दुख्ने, सुन्निने, रातो हुन सक्ने, थकाइ र अल्छी महसुस हुने, ज्वरो वा टाउको दुख्ने, वाकवाकी हुने, मांसपेसी वा जोर्नी दुखाइ, बान्ता हुने, घाँटी दुख्ने आदि समस्या देखिन सक्ने स्वास्थ्य कार्यालयका खोप पर्सन श्रेष्ठले बताए। तर, उक्त लक्षण देखा परे डराउनु नपर्ने श्रेष्ठको भनाइ छ। 

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा २४, भूमे गाउँपालिकामा १५ र सिस्ने गाउँपालिकामा ५२ जना गरी जम्मा ९१ जना कोरोना संक्रमण पुष्टि भएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.