|

काठमाडौं : पहिलो दिन कोभिड विरुद्धको खोप काठमाडौं जिल्लामा २२ सय ४ व्यक्तिले लगाएका छन्।

वीर अस्पतामा ३ सय ९३, काठमाडौं मेडिकल कलेजमा २ सय ९२, प्रसूति गृह थापाथलीमा २ सय ७३, गंगालाल हृदय रोग अस्पतालमा २ सय ५५, त्रिवि शिक्षण अस्पतालमा १ सय ९२, नेपाल मेडिकल कलेज १ सय ६९,आर्मी अस्पतालमा १ सय ४०,सिभिल अस्पतालमा १ सय १३, शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमा १ सय ८,सशस्त्र प्रहरी बलम्बु अस्पतालमा ९९ र राष्ट्रिय आयुर्वेद अनुसन्धान केन्द्र कीर्तिपुरमा ७० जनाले खोप लगाएका काठमाडौं स्वास्थ्य कार्यालयले जनाएको छ।

काठमाडौं जिल्लामा ३५ हजार खोप उपलब्ध भएको स्वास्थ्य कार्यालका कोभिड फोकल पर्सन पार्वती विष्टले जानकारी दिइन्। उनका अनुसार अहिलेसम्म ३२ हजार व्यक्तिले खोप लगाउन नाम दर्ता गराएका छन्।

भ्याक्सिनको कोल्ड चेन गर्न खोप स्वास्थ्य कार्यालयमा राखिएको छ। प्रत्येक दिन कार्यालयबाट खोप केन्द्रमा खोप लगायतका अन्य सामग्रीहरु पठाउने गरिएको उनले बताइन्।

१२ वटा खोप केन्द्र सञ्चालन भएको अस्पताल र स्वास्थ्य कार्यालय काठमाडौंको राम्रो समन्वय र सहकार्य भएकोले खोप अभियानको कार्यक्रम सफल हुने उनले दाबी गरिन्।  

स्वास्थ्य कार्यालय काठमाडौंले खोप व्यवस्थापनका लागि प्रत्येक खोप केन्द्रमा तीन जना स्वास्थ्यकर्मीको व्यवस्था गरेको छ। खोप लगाएपछि हुन सक्ने अवाञ्छित घटनाको व्यवस्थापन गर्न स्वास्थ्यकर्मीको व्यवस्था गरिएको उनले जानकारी दिइन्।

पहिलो दिन सबैभन्दा बढी वीर अस्पतालको खोप केन्द्रमा खोप लगाइएको उनले बताइन्। उनले भनिन, ’प्रत्येक खोप केन्द्रमा ३ सय देखि ४ सय मानिसले खोप लगाउन सक्ने गरी व्यवस्थापन गरिएको छ।'

खोप लगाइएको व्यक्तिलाई ३० मिनेट सम्म अस्पतालमा राख्ने गरी व्यवस्थापन गरिएको छ। खोप लगाइएको व्यक्तिमा केही असर देखिएमा तुरुन्त अस्पतालमा उपचार गरिने गरी व्यवस्थापन गरिएको उनले जानकारी दिइन्।

खोप लगाएका कुनै पनि व्यक्तिमा गम्भीर असर नपरेको उनले जानकारी दिइन्। पहिलो दिन स्वास्थ्य मन्त्रालयले तयार पारेको ‘आइमयु नेपाल’ सफ्टवेयरमा नाम दर्ता भएका व्यक्तिले मात्र खोप लगाउन पाउँछन्। हालसम्म ३० हजार भन्दा बढीले खोप लगाउन नाम दर्ता गराएका छन्।

खोप लगाउन आउनेले आफ्नो संस्थामा काम गरेको परिचय पत्र लिएर आउनुपर्ने विष्टले जानकारी दिइन्। खोप लगाउँने व्यक्तिलाई खोप कार्ड दिने गरिएको छ। ‘पहिलोपटक खोप लगाउँदा पाएको कार्ड दोस्रो पटकको खोप लगाउँन आउदा लिएर आउनुपर्नेछ,’ उनले भनिन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.