|

काठमाडौं : प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेटको दोस्रो सेमिफाइनलमा आज बागमती प्रदेश र त्रिभुवन आर्मी क्लब भिड्दै छन्। 

त्रिवि क्रिकेट मैदानमा हुने दोस्रो सेमिफाइनलमा बागमती  आर्मी भिड्न लागेका हुन्।  यी दुईबीचको खेल विहान ९ बजे सुरु हुनेछ।

दोस्रो सेमिफाइनलको लागि मैदान उत्रदा दुबै टिम जित निकाल्ने दाउमा छन्।  दुई उपाधि दाबेदार टिम जित निकाल्दै फाइनलमा पुग्न चाहन्छन्। यस खेलको विजेताले फाइनलमा एपीएफसँग खेल्नेछ।  पुलिसलाई हराएर एपीएफ उपाधि नजिक पुगिसकेको छ।

बागमती समूह ‘बी’ को  समूह विजेता बनेको थियो भने आर्मी समूह ‘ए’ को उपविजेता हो।

प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ।  विजेताले १० लाख र उपविजेताले ५ लाख पाउने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.