|

काठमाडौं : प्रजातन्त्रका लागि प्राण आहुती दिने वीर सहिदहरूप्रति सधैँझैँ यो वर्ष पनि माघ १६ गते श्रद्धा सुमन व्यक्त गरेर मनाइएको छ।

प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म मनाइने सहिद सप्ताहको अन्तिम दिन विशेष रुपमा सहिद दिवस मनाउने गरिन्छ। 

कठोर र निरङ्कुश राणा शासनविरुद्ध क्रान्ति गर्ने वीर शहीद शुक्रराज जोशी शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई मृत्यदण्ड दिएपछि यिनै चार सहिदप्रति श्रद्धा सुमन व्यक्त गर्दै मुलुकभर सप्ताहका रूपमा शहीद दिवस मनाउन शुरु गरिएको हो।

दिवसका अवसरमा लैनचौरस्थित सहिद उद्यान पार्क पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले सहिदहरूप्रति श्रद्धाञ्‍जली अर्पण गरेका छन्।  दिवसका अवसरमा काठमाडौंमा प्रभातफेरी निकालिएको थियो।  सेना र प्रहरीले सहिदका तस्बिर अंकित बग्गीसहित शान्तिवाटिकाबाट लैनचौरस्थित सहिद उद्यानसम्म मार्चपास गरेका थिए।

​विसं १९९७ माघ १० गते शुक्रराज शास्त्रीलाई टेकू दोभानमा, १२ गते धर्मभक्त माथेमालाई सिफलमा, माघ १४ गते गङ्गालाल र दशरथलाई शोभा भगवती घोडेनागस्थित भचाखुसीमा मृत्युदण्ड दिइएको थियो। 

क्रान्तिमा नवयुवकलाई भड्काएर देशमा विद्रोह फैलाएको अभियोगमा टङ्कप्रसाद आचार्य र रामहरि शर्मालाई चारपाटा कपाल मुडेर वन्दी बनाइएको थियो।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.