|
तस्वीर : एजेन्सी ।

तीव्र गतिको हावाहुरी र व्यापक हिमपात पर्दा जापानका विभिन्न भागमा हवाइ सेवा अवरुद्ध भएको छ।

उत्तरी भागमा हावाहुरी र हिमपात चल्दा १ सयवटा भन्दा धेरै उडान उद्द गरिएको त्यहाँका सरकारी अधिकारीहरूले जानकारी दिएका छन्‌। होक्काइडो र उत्तरी होन्सुबाट निर्धारित उडान रद्द गरिएको हो।

पछिल्लो प्राकृतिक अवरोधका कारण मुलुकको सबैभन्दा ठूलो हवाइ सेवा प्रदायक अल निप्पन एअरवेजका ४६ र जापान एअरवेजका ३४ वटा उडान स्थगित गरिएको छ।

होक्काइडोमा शुक्रबार रातिदे ३० मिटर प्रतिसेकेण्ड गतिमा हुरी चलेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.