|

भारतमा जारी किसान आन्दोलनलाई मोदी सरकारले घुसपैठियाहरूको प्रयोग गरी निस्तेज पार्न खोजेको छ।

यसै क्रममा दिल्ली छिर्ने सीमा सिंघु बोर्डरबाट हिंसा फैलाएको भन्दै ४४ जनालाई प्रहरीले गिरफ्तार गरेको छ। 

पक्राउ परेकामध्ये एकजना प्रहरीमाथि तलबार प्रहार गर्ने व्यक्ति भएको दावी गरिएको छ।

पक्राउ परेकामाथि सरकारी पक्षले दंगा भड्काउने र हत्या गर्ने प्रयास गरेको आरोप ले लगाएको छ। 

सरकारले निजी व्यापारीलाई पोस्नेगरी ल्याएका ३ वटा कृषि कानुनको विरोध गर्दै भारतका किसानहरू झण्डै ३ महिनादेखि आन्दोलनरत छन्। 

पञ्जाबाट शुरु भएको यस पटकको किसान आन्दोलन भारतीय गणतन्त्र दिवसका दिन हिंसात्मक बन्न पुगेको थियो। 

राजपथमा सैनिक परेड भइरहेकै बेला किसानहरूले आफ्नो समस्या दर्साउन लालकिल्लामा किसान परेड आयोजना गरेका थिए। तर, सत्तारुढ भारतीय जनता पार्टीले आन्दोलनमा घुसपैठिया प्रयोग र आन्दोलनकारीलाई थप उत्तेजित बनाउँदै हिंसाको स्थिति निम्त्याएको थियो। 

पछिल्लोपटक भएको किसान आन्दोलनका क्रममा दर्जनौं किसानहरूको ज्यान गइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.