|

 संयुक्त अरब इमिरेट्स (युएई)ले प्रख्यात विदेशी नागरिकहरुलाई नागरिकता दिने भएको छ।

कोरोना संक्रमणको महामारी र तेलको मूल्यको गिरावटका कारण हजारौं विदेशी नागरिक युएई छोडेर हिँडेपछि सरकारले यस्तो घोषणा गरेको हो।  दुबईका शासक शेख मोहम्मद बिन रशिद अल मकतुमले  लगानीकर्ता, डाक्टर, इन्जिनियर, कलाकार लगायतका व्यक्तिहरुलाई युएईको नागरिकता दिइने जनाएका छन्। उनका अनुसार विदेशी र उनका परिवारका सदस्यहरुले दोहोरो नागरिकता राख्न सक्ने छन्।

यसबाट युएईको विकासको यात्रामा योगदान दिन सक्ने व्यक्तिहरुलाई आकर्षित गर्ने उद्देश्य राखिएकोमकतुमले बताएका छन्। यो नयाँ व्यवस्थाबाट खास क्षेत्रका विशेषज्ञ विदेशी नागरिकहरु लाभान्वित हुनेछन्। युएईको नागरिकता पाउन अलग्गै आवेदन दिनुपर्दैन। युएईको शाही परिवार र सरकारी अधिकारीहरुले कुनै विदेशी नागरिकलाई नागरिकता दिनका लागि नामावली तयार पार्नेछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.