|

दक्षिण प्रशान्त क्षेत्रमा अवस्थित मुलुक फिजीमा यसै महिना दोस्रो पटक आएको समुद्री आँधीमा परेर कम्तीमा एक व्यक्तिको मृत्यु हुनुका साथै पाँचजना हराइरहेको सरकारी अधिकारीहरुले बताएका छन्।

आना नाम दिइएको भारी वर्षा सहितको उक्त आँधीको बेग १४० किलोमिटर प्रतिघण्टा रहेको छ। आँधीका कारण फिजीको अधिकांश भूभाग जलमग्न भएको र बाढी आएको छ। 

राष्ट्रिय प्रकोप व्यवस्थाप कार्यालयले एकजना ४९ वर्षीय पुरुषको मृत्यु भएको र पाँचजना माछा मार्ने व्यक्तिहरु हराइरहेको जनाएको छ। 

आँधी प्रभावित सात हजार ६०० भन्दा बढी व्यक्तिलाई बाढी प्रभावित इलाकाबाट सुरक्षित स्थानमा उद्धार गरिएको छ। स्थानीय संचार माध्यमहरुले प्रकोप व्यवस्थापन कार्यालयका निर्देशक भासिटी सोकोको भनाई उद्धृत गर्दै स्थानीय मानिसले पूर्व चेतावनीलाई बेवास्ता गरेका कारण समस्या उत्पन्न भएको जनाएका छन्।

गत डिसेम्बरमा आएको यासा नामको यस्तै शक्तिशाली आँधीमा परेर चार जनाको मृत्यु हुनुका साथै २३ हजार भन्दा बढी मानिस सुरक्षित स्थलमा शरण लिन आइपुगेको थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.