|

काठमाडौं : भारत सरकारले आज बजेट ल्याउँदैछ। वित्तमन्त्री निर्मला सीतारमणले स्थानीय समयअनुसार बिहान ११ बजे लोकसभामा बजेट पेश गर्ने कार्यसूची छ। 

भारतले पहिलो पटक पेपरलेस बजेट बनाएको छ। मन्त्री निर्मला सीतारमणले केही दिनअघि युनियन बजेट मोबाइल एप जारी गरेकी छन्।  बजेट भाषणपछि विनियोजनको सम्पूर्ण तथ्यांक एपमा उपलब्ध हुनेछ। कोरोना महामारीपछि भारतले पहिलो पटक केन्द्रीय बजेट पेश गर्न लागेको हो। प्रधानमन्त्री नरेन्द्र मोदीले यो बजेट कोरोनाका कारण गरिएको लकडाउनको असर कम गर्नका लागि गरिएको प्रयासको रुपमा आउने बताएका छन्। मोदीकाअनुसार यो बजेट लकडाउनपछिको आर्थिक उत्थानमा केन्द्रित हुनेछ। 

शुक्रबार वित्तमन्त्री सीतारमणले पेश गरेको आर्थिक सर्वेक्षणमा आगामी आर्थिक वर्षमा भारतको कुल ग्राहस्थ उत्पादन ११ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको थियो।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.