|

काठमाडौं : म्यानमारमा सेनाले सरकार संचालन व्यवस्था आफ्नो हातमा लिएको छ। 

सेना समर्थित टेलिभिजनबाट भिडिओ सन्देश जारी गर्दै एक वर्षका लागि संकटकाल घोषणा गरेको पनि जनाइएको छ। आजै बिहान मात्र प्रजातन्त्रवादी नेतृ आङ सान सुकी, राष्ट्रपति विन मिन्टलगायत नेतालाई नियन्त्रणमा लिएको थियो।

गत नोभेम्बरमा भएको संसदीय निर्वाचनमा सुकी नेतृत्वको पार्टीले सरकार गठन गर्नका लागि अत्याधिक बहुमत प्राप्त गरेको भएपनि सेनाले निर्वाचनमा धाधली भएको भन्दै सरकार गठन गर्न दिएको थिएन।

सेनाको अस्विकृतिपछि त्यहाँ सरकार गठन हुन सकिरहेको थिएन। सुकीको पार्टीले आजै सरकार गठन गर्ने कार्यतालिका बनाएको थियो। गत आम निर्वाचनमा नेतृ सुकीको दलले संसदमा ८३ प्रतिशत मत ल्याएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.