|

काठमाडौं : माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहले कोरोनाविरुद्धको खोप लगाएका छन्।

सामाजिक संजाल ट्विटर मार्फत उनले कोरोना विरुद्धको 'कोभिसिल्ड' भ्याक्सिन लगाएको बताएका हुन्। उनले तस्विर सार्वजनिक गर्दै भनेका छन्, 'हामीले माल्दिभ्सका जनतालाई छिट्टै भ्याक्सिन उपलब्ध गराउनेछौं।'

हालसम्म उक्त देशमा करिब १५ हजार कोरोना संक्रमित रहेका छन्। जसमध्ये ५२ जनाको मृत्यु भएको छ।  हालसम्म १४ हजार कोरोना संक्रमित निको भइसकेका छन्। अहिले माल्दिभ्समा करिब १ हजार ६ सय सक्रिय संक्रमित रहेका छन्। करिब  १ सय ४२ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटरले जनाएको छ। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.