|

भारतमा वर्ष २०२१—२२ का लागि रक्षा बजेटमा अत्यधिक बृद्धि गरिएको छ। रक्षा शीर्षकमा बजेट अत्यधिक धेरै छुुट्याइएकोमा रक्षा मन्त्री राजनाथ सिंहले प्रधानमन्त्री नरेन्द्र मोदी र अर्थमन्त्री निर्मला सितारमणलाई धन्यवाद दिएका छन्। 

अर्थमन्त्री सीतारमणले रक्षाका लागि ४ दशमलव ७८ लाख करोड बजेट छुट्याइएको घोषणा गरेकी छन्। रक्षाका लागि अहिले छुट्याइएको रकम १५ वर्षपछिकै सबैभन्दा धेरै भएको बताइएको छ। 

अधिकारीहरुका अनुसार अघिल्लो वर्ष रक्षाका लागि ४ दशमलव ७१ लाख करोड भारतीय रुपैयाँ छुट्याइएको थियो। अर्थमन्त्री सितारमणले सोमबार भारतको केन्द्रीय सरकारको बार्षिक बजेट घोषणा गरेकी हुन्। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.