|

काठमाडौं : विश्वभरको कोरोनाका कारण मृत्यु हुनेको संख्या २२ लाख ४६ हजार पुगेको छ। 

गत २४ घण्टामा झण्डै ९ हजार संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या २२ लाख ४६ हजार ७ सय ७३ पुगेको हो। अमेरिकामा १७ सय २५, जर्मनीमा ६ सय १९, ब्राजिलमा ६ सय ९, फ्रान्समा ४ सय ५५, रसियामा ४ सय ३७, वेलायतमा ४ सय ६ र इटलीमा ३ सय २९ जनाको मृत्यु भएको छ। 

एकै दिन ३ लाख ७७ हजार कोरोना संक्रमित थपिएका छन्। अमेरिकामा सबैभन्दा धेरै १ लाख १३ हजार संक्रमित थपिएसँगै त्यहाँ कूल संक्रमितको संख्या २ करोड ६९ लाख पुगेको छ। 

स्पेनमा २५ हजार ८ सय, ब्राजिलमा २५ हजार २ सय, वेलायतमा १८ हजार ६ सय, रसियामा १७ हजार ६ सय र भारतमा  ८ हजार ५ सय संक्रमित थपिएका छन्। विश्वभर कूल संक्रमितको संख्या १० करोड ३९ लाख नाघेको छ। जसमध्ये ७ करोड ५६ लाख ७० हजार जना संक्रमणमुक्त भइसकेका वल्डोमिटरले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.