|

३ वटा नयाँ कृषि कानुन विरुद्ध आन्दोलित भारतका किसान र सरकारबीच आज पनि वार्ता हुँदैछ। केन्द्र सरकारका प्रतिनिधि र किसान नेताहरूबीच वार्ता हुने टुंगो लागेको हो। 

वार्ता तयारी भएपछि दिल्लीतर्फ प्रवेश गर्ने नाकाहरू भने धर्नारत किसानहरूले ठप्प पारेका छन्। सिंघु, टिकरी र गाजीपुरमा सरकारले पनि आवतजावत र इन्टरनेट बन्द गरिदिएको छ। 

प्रहरीले सिंघु बोर्डरमा सडक ब्यारिकेट थप विस्तार गरेको छ भने टिकरी बोर्डरमा फलामका लामा किलाहरू बिछ्याएर दिल्लीतर्फ आउने बाटो अवरुद्ध पारेको बीबीसी हिन्दीमा उल्लेख छ।

सिंघु बोर्डरमा किसानहरूले धर्ना दिएको आज ६९ दिन पुगेको छ। यस्तै, उत्तर प्रदेश तर्फको गाजीपूर बोर्डरमा पनि ६७ दिनदेखि किसान आन्दोलन जारी छ। केही सातायता गाजीपूर बोर्डरमा निकै ठूलो संख्यामा किसानहरू देखिएका छन्। 

आन्दोलनकारी किसानको संयुक्त संगठनले बाटो अवरुद्ध गर्ने सरकारी कदमको विरोध गरेका छन्। उनीहरूले धर्नास्थलसम्म जान नदिन आफूलाई रोकिरहेको आरोप लगाएका हुन्। 

सोमबार आयोजित पत्रकार सम्मेलनमा किसान नेताहरूले जनवरी २६ पछि सय जनाभन्दा बढी प्रदर्शनकारी बेपत्ता भएको जानकारी दिएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.