|

काठमाडौं : अमेरिकाको पूर्वी तटीय क्षेत्रमा हिमपातका कारण हवाई उडानहरू रद्द र खोप केन्द्रहरू बन्द भएका छन्। न्यूयोर्क र न्यू जर्सीमा सङ्कटकाल घोषणा गरिएको छ।

सोमबार न्यूजर्सी र पेन्सिलभेनियामा १९ इन्च र न्यूयोर्कमा १७ इन्च हिउँ परेको बताइएको छ। अमेरिकी मौसम विभागले मङ्गलबारपछि मात्रै हिमपात कम हुने जनाएकाे छ।

न्यूयोर्कमा सोमवार बिहानैदेखि अत्यावश्यक पर्दाबाहेक अन्य यात्रामा प्रतिबन्ध लगाइएको छ भने मङगलवार विद्यालय बन्द गरिएका छन्। हिमपातका कारण १,६०० भन्दा बढी हवाई उडानहरू रद्द भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.