'चाँदीको जलहरी राख्दा मापदण्डविपरीत भएन, सुनको राख्दा कसरी भयो?'

|

काठमाडौं : काठमाडाैंको कागेश्वरी मनोहरास्थित गोठाटार मा पशुपति क्षेत्र विकास कोषले विश्व हिन्दु विश्वविद्यालय निर्माण गर्ने भएको छ। विकास कोषको ५ सय ३४ रोपनीमध्ये १ सय ५० रोपनी जग्गामा हिन्दु विश्वविद्यालय निर्माण गर्ने लागेको हो।

विश्वविद्यालयमा संस्कृत भाषा,संस्कृत वाङ्मय,पूर्वीय दर्शन, शास्त्रीय संगीत र नेपाली धर्म संस्कृतिबारे अध्ययन गराइने पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए।

सचिव डा.ढकालले भने, 'यहीँ वर्ष विश्वविद्यालयको शिलान्यास हुन्छ। विश्वविद्यालयको डिपिआर तयार भइसकेर अन्तिम चरणमा पुगेको छ।' सम्पूर्ण डकुमेन्ट तयार भएपछि यसको कति लागत लाग्ने त्यसको फाइनल गर्ने उनले जानकारी दिए।

बाँकी ३ सय ८४ रोपनी जग्गामा पशुपति अस्पताल, पशुपति वृद्धाश्रम,पशुपति गौशाला र पशुपति उद्यान सञ्चालन गर्ने भएको हो।

पशुपतिमा चढाएको भेटीको १० प्रतिशत समाज कल्याणको काममा लगाउने तयारी कोषले गरिरहेको छ। पशुपति अस्पतालमा आएका सबैलाई निशुल्क उपचार गरिने उनले जानकारी दिए। उनले भने,'  अस्पतालमा संसारभरबाट आएका जुनसुकै मानिसलाई निशुल्क उपचार गरिन्छ। भक्तजनले चढाएको भेटीबाट अस्पताल निर्माण भएकोले शुल्क लिँदैनौ।'    

विगत लामो समयदेखि विकास कोषका गौशाला सञ्चालन भइरहेको छ। उपत्यकाको विभिन्न ठाउँबाट गाईलाई नियन्त्रणमा लिएर गोठाटारको गौशालामा लगेर राखिएको उनले जानकारी दिए। 'विकास कोषको जग्गामा अझ धेरै गाईपालन गर्ने योजना स्वरुप गौशाला सञ्चालन गर्न लागेका हौ,' ढकाल भन्छन्।

पशुपति परिसरमा समाज कल्याणले परिषदले वृद्धाश्रम सञ्चालन गरिरहेको छ। परिसरभित्र ज्येष्ठ नागरिकलाई राख्दा धार्मिक रुपमा सेवा गरेको जस्तो भए पनि  अब विकास कोषले आफै वृद्धाश्रम निर्माण गरी ज्येष्ठ नागरिकको सेवामा जुट्ने उनको भनाइ छ। विकास कोषको जग्गामा पशुपति उद्यान निर्माण गर्न लागेको उनले जानकारी दिए।

बौद्ध विश्वविद्यालय पहिलो

स्मरणीय छ नेपालमा यस अघि नैं सन् २००५ देखि लुम्बिनी बौद्ध विश्व विद्यालय सञ्चालनमा रहेको छ । जसबाट सम्बन्धन लिएर लुम्बिनी एकेडेमिक कलेज अफ बुद्धिज्म एण्ड हिमालयन स्टडीज,लोटस एकेडेमिक कलेज,सुगत बौद्ध महाविद्यालय, बुद्ध बहुमुखी क्याम्पस, लुम्बिनी इन्टनेशनल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी,सोवा रिग्पा इन्टरनेशनल कलेज, जिरि बुद्धिष्ट कलेजर थेरवाद बुद्धिष्ट एकेडेमी लगायत सञ्चालनमा छन् । यसैगरी बौद्ध विश्व विद्यालय आफैले पनि छुट्टै शैक्षिक कार्यक्रम चलाइरहेको छ।

१ अर्ब रुपैयाँमा पशुपतिको नयाँ जलहरी र छाना निर्माण 

पशुपति मन्दिरमा शिवलिंगको पीठमा सुनको जलहरी राख्न लागेको छ। यसभन्दा अगाडि सोही ठाउँमा चाँदीको राखिएको थियो।

'सम्पदा र पुरातात्त्विक ऐतिहासिक स्थलमा चाँदीको राख्दा मापदण्ड विपरीत नुहने तर, सुनको जलहरी राख्दा कसरी मापदण्डविपरीत रह्यो,' उनको तर्क छ,' मन्दिरमा सुन राख्न कोही इच्छुक हुनुहुन्छ भने त्यस्ता धार्मिक दर्शनार्थीलाई आह्वान गरेका थियौं। कुनै पनि भक्तजन सहभागी नभएकोले कोषको रकम खर्च गरेर आफैंले सुन लगाएका हौं।'

विकास कोषसँग बढी रकम संकलन भएर सुन खरिद गरि जलहरी राख्न लागेको उनले बताए। कुल १ अर्ब लागतमा मन्दिरको छाना र अन्य भागमा सुनको जलप लगाउन लागिएको उनले प्रस्ट पारे।

कुल १ सय ४२ किलो सुन लाग्ने छ। अहिले भने मन्दिरमा १ सय ८ किलो सुन लगाउन लागिएको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.