|

फाइजर र बायोएनटेकले विकसित गरेको कोभिड–१९ खोपको बिक्री सन् २०२१ मा १४ अर्ब डलरभन्दा बढी हुने उक्त कम्पनीले मंगलबार जानकारी गराएको छ।

कम्पनीले भनेको छ, “हालसम्मको माग अनुसार खोपको विक्री भएमा चालु आर्थिक वर्षमा फाइजरले १४ अर्ब अमेरिकी डलर आम्दानी गर्नेछ। कम्पनीसँग अहिले पनि विभिन्न मुलुकहरूले खोपका लागि माग गर्ने क्रम जारी छ। आपूर्ति सम्झौतामा हस्ताक्षर गरेमा फाइजरले अझ बढी आम्दानी गर्न सक्छ र यसको प्रवल सम्भावना छ।'

फाईजरले चौथो त्रैमासिक र सन् २०२१ को लागि पूर्ण बार्षिक नाफाको पूर्वानुमान प्रतिवेदन जारीम गर्दै आगामी वर्ष आफ्नो आम्दानीमा निकै ठूलो प्रगति हुने बताएको छ।

फाइजरले कोभिड–१९ खोपबाहेक सन् २०२१ मा ४४ दशमलव ४ अर्ब अमेरिकी डलरदेखि ४६ दशमलव ४ अर्ब अमेरिकी डलरको बीचमा आम्दानी गर्ने प्रक्षेपण पनि गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.